कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा ओली सरकार ढाल्न सकिएन : रामचन्द्र पौडेल

बेनी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले समयमै निचोड निकाल्न नसक्दा वर्तमान केपी शर्मा ओली सरकार ढाल्न नसकिएको बताउनुभएको छ । म्याग्दीमा आयोजीत एक कार्यक्रममा बोल्दै नेता पौडेलले कांग्रेसको अनिर्णयको कारण कम्युनिष्ट पार्टीको अलोकतान्त्रिक सरकार ढाल्न नसकिएको बताउनुभयो ।

‘कांग्रेसले समयमै ढुलमुल नगरेको भए संघीयसँगै बागमती र प्रदेश–१ का सरकार ढाल्न सकिन्थ्यो तर त्यो अवसर फुत्कियो,’ नेता पौडेलले भन्नुभयो, ‘कांग्रेसले आफू निर्णायक बन्ने अवसर गुमाएको छ । पार्टीले आफ्नो स्पष्ट नीति र विचारलाई अघि बढाउन आवश्यक छ ।’


प्रकाशित | १ चैत्र २०७७, आईतवार २१:०५