सुनखानी : नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीको गृह क्षेत्र सुनखानीमा माओवादी रित्तीन थालेको छ । कालिन्चोक गाउँपालिका ७ र ८ वडामा पर्ने सुनखानीका दर्जनौ युवाहरुले माओवादी छाड्दै एमालेमा प्रवेश गरेपछि माओवादीमा पहिरो गएको हो ।
कालिन्चोक गाउँपालिका वडा न.७ माओवादी पार्टी नेतृत्व र सरकार प्रती असन्तुष्ट व्यक्त गर्दै सूर्यमा मतदान गर्ने र सधै सहकार्य गर्ने प्रतिबद्धता जाहेर गर्दै एमालेमा प्रवेश गर्नु भएको हो ।
माओवादी परित्याग गर्ने नेताहरुमा रमेश श्रेष्ठ, अमृत श्रेष्ठ, रामकृष्ण बुढाथोकी, नवीन श्रेष्ठ, समीर श्रेष्ठलगायत दर्जनौ युवाहरु छन् । उनीहरुलाई पार्टी केन्द्रीय सदस्य रचना खड्का र प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले खादा लगाएर प्रवेश गराउनु भएको हो ।
यसअघि कालिन्चोक गाउपालिका वडा नं. ७ माओवादी केन्द्रका प्रभावशाली नेता सुन्दर नहर्की एमालेमा प्रवेश गरिसक्नु भएको छ ।




प्रकाशित | १ मंसिर २०७९, बिहीबार १३:२७