के हो दक्षिण अमेरिकी फुटबलको ‘महाकुम्भ’ कोपा अमेरिका ?

एजेन्सी: दक्षिण अमेरिकी क्षेत्रको महादेशस्तरीय सबैभन्दा ठूलो फुटबल प्रतियोगिता कोपा अमेरिका अर्को महिना जुन १४ बाट सुरु हुँदैछ । ४६औं संस्करणको यस प्रतियोगितामा १२ देशले प्रतिस्पर्धा गर्दैछन् ।  विभिन्न १२ देशलाई ४ पटमा राखेर विभिन्न तीन समूहमा टोली विभाजन गरिएको छ । जहाँ हरेक समूहमा ४–४ टोली रहेका छन् । जसमा साबिक विजेता टोली चिलीले उरुग्वे प्रतिस्पर्धी पाएको छ । सोही समूहमा दक्षिण एसियाली फुटबलको ‘पावर हाउस’ भनिने जापानसमेत रहेको छ ।

पछिल्ला संस्करणमा फाइनलमा पराजित भएको लिओनल मेस्सीको टिम अर्जेन्टिनाले कोलम्बिया प्रतिस्पर्धी पाएको छ । सो समूहमा पराग्वे पनि छ । अर्को समूहमा प्रतियोगिता आयोजक देश ब्राजिल छ । उसले आफ्नो समूहमा पेरु प्रतिस्पर्धी पाएको छ । यहाँ प्रतियोगिताबारे सम्पूर्ण जानकारी दिइएको छ ।

यस्तो छ ड्र :

समूह ए : ब्राजिल (आयोजक), पेरु, भेनेज्वेला, बोलिभिया

समूह बी : अर्जेन्टिना (साबिक उपविजेता) कोलम्बिया, पराग्वे, कतार (आगन्तुक)

समूह सी : उरुग्वे, चिली (साबिक विजेता), जापान (आगन्तुक), इक्वेडर

कोपामा जापान र कतारले प्रवेश :

कोपा अमेरिका प्रतियोगितामा यसअघि दक्षिण अमेरिकी क्षेत्रका देशलाई समेटेर आयोजना गरिने फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता हो । । कोपा अमेरिकाको आयोजना साउथ अमेरिकन फुटबल कन्फेडेरेसनले आयोजना गर्छ ।  यो दक्षिण अमेरिकी क्षेत्रको फुटबलको सर्वोच्च संस्थामा विभिन्न १० देश आबद्ध छन् । यिनै १० देशले प्रतियोगितामा जनाउँछन् ।तर, आयोजकले विभिन्न समयमा सो क्षेत्रका १० टोलीबाहेक अन्य देशलाई समेत ‘आगन्तुक टोली’ का रूपमा प्रतियोगितामा सहभागी गराउने गर्छ। जसबाट प्रतियोगितामा विभिन्न १२ देश सहभागी हुन्थे ।

आयोजकले २०१८ को मार्च १६ मा एसियन क्षेत्रबाट र उत्तरी अमेरिकी क्षेत्रबाट ३–३ देश गरी ६ देशलाई आगन्तुक देशका रूपमा बोलाउने निर्णय गरेको थियो । तर,पछि २०१८ को मार्च ४ मा आयोजकले आफ्नो निर्णयमा फेरबदल गर्दै पुनः कोपा अमेरिकामा १२ देश मात्रै सहभागी गराउने निर्णय गर्यो । र, अन्य ४ आगन्तुक देशको प्रवेश रोक्यो ।

आयोजकले कतार विश्वकपको आयोजकको हैसियतमा कतार र एसियन क्षेत्रबाट जापानलाई अतिथि टोलीका रूपमा भित्र्याउने औपचारिक निर्णय पास गरेको थियो । सो निर्णयसँगै आयोजकले यसपटक उत्तरी अमेरिकी क्षेबाट सधैं खेल्दै आएका टोलीको सहभागिता भने रोक्ने निर्णय गरेको थियो । यसअघि सो क्षेत्रबाट मेक्सिकोलगायत देशले खेल्थे । मेक्सिकोले सन् १९९३ देखि यता विभिन्न १० संस्करणमा कोपा अमेरिका खेलेको छ । त्यसैगरी, अमेरिकाले पनि यो प्रतियोगिता चारपटक खेलिसकेको छ ।  यससँगै कतार पहिलोपटक कोपा अमेरिका खेल्ने खाडी देश बनेको छ । जापानले भने यसअघि सन् १९९९ मै कोपा अमेरिकामा सहभागिता जनाइसकेको छ । यसपटकको कोपा ब्राजिलमा हुँदैछ । प्रतियोगिता आगामी जुन १४ बाट हुँदैछ । सो प्रतियोगिताको साबिक विजेता टोली चिली हो ।

कहिलेबाट हुनेछन् खेलहरू ? 

कोपा अमेरिका–२०१९ आगामी जुन १४ बाट सुरु हुनेछ । सो दिनबाट समूह चरणका खेल सुरु भएर जुन २४ सम्म हुनेछन् । त्यसपछि नकआउट चरणका खेल भने जुन २७ बाट सुरु हुनेछन् । प्रतियोगिता ब्राजिलका विभिन्न ५ सहरमा आयोजना हुनेछ ।

यस्तो छ खेल तालिका :  

समूह चरणका खेलहरू – जुन १४ देखि जुन २४ सम्म
क्वार्टरफाइनलका खेलहरू – जुन २७ देखि जुन २९ सम्म
सेमिफाइनलका खेलहरू – जुलाई २ देखि जुलाई ३ सम्म
तेस्रो स्थानका लागि हुने खेल – जुलाई ६
फाइनल खेल – जुलाई ७ मा


प्रकाशित | ७ जेष्ठ २०७६, मंगलवार १८:२४