हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

काठमाण्डौ: देशका मध्य तथा तराई क्षेत्रका अधिकांश भूभागमा मेघगर्जन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारी अनुसार आइतबार वेलुकी सम्म देशका मध्य तथा तराईका केही भू–भागमा मेघगर्जन गराउने बादलको प्रणालीको विकास भैरहेको छ ।

यो विस्तारै उत्तर–पूर्वतर्फ सर्दैछ । यसकै कारण हावाहुरी र चट्टयाङ्गको खतरा छ । चितवनको दक्षिणी भेगमा मेघगर्जन सुरू भइसकेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।


प्रकाशित | २७ जेष्ठ २०७६, सोमबार १६:१९