कर्णाली प्रदेशमा लगानी गर्नुस, सुरक्षाको पूर्ण ग्यारेण्टी दिन्छौ : मुख्यमन्त्री शाही

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेशमा ढुक्क भएर लगानी गर्न ब्यवसायीलाई आग्रह गर्नुभएको छ । लगानी गर्ने पूर्ण वातावरण रहेको र लगानीको लागि सुरक्षाको पूर्ण ग्यारेन्टी गर्ने भन्दै मुख्यमन्त्री शाहीले सुरक्षाको कुनै चिन्ता नगर्न आग्रह गर्नुभएको हो ।

सुर्खेत उद्योग वाणिज्य संघको ३५औँ साधारण सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले लगानीको पूर्ण सुरक्षा गर्ने प्रतिबद्धता जनाउँदै भन्नुभयो, ‘कर्णालीमा लगानी गर्न आग्रह गर्दै शाहीले त्यसको सुरक्षाका पूर्ण ग्यारेण्टी सरकारले गर्छ ।’ मुख्यमन्त्री शाहीले सरकार लगानीका लागि कस्तो कानुन आवश्यक पर्छ त्यस्तै बनाउन तयार रहेको बताउनुभयो ।


प्रकाशित | २३ चैत्र २०७५, शनिबार १८:५७