सुनको भाउ एकैदिन १२ सय रुपैयाँले बढ्यो, तोलाको ९७ हजार ५ सय पुग्यो

काठमाण्डौ : सुनको भाउ बढ्ने क्रम जारी छ । आज एकैदिन तोलामा १२ सय रुपैयाँ बढेको छ । सुनको भाउ आज तोलाको ९७ हजार ५ सय रुपैयाँ तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलामा ५ सय रुपैयाँ बढेर सुनको भाउ ९६ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको थियो ।

गएको शुक्रबार सुनको भाउ तोलामा ९५ हजार ८ सय, बिहीबार ९४ हजार ५ सय र बुधबार ९४ हजार रुपैयाँ तोकिएको थियो । महासङ्घ अन्तर्गतको भाउ निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले कोरोना भाइरसको सङ्क्रमणका कारण विश्वकै अर्थतन्त्र बिग्रँदै गएको तथा ठूला देशबीच तनाव बढ्दै गएकाले लगानीकर्ता सुनमा आकर्षित हुँदा भाउ महँगो भइरहेको बताउनुभयो ।


प्रकाशित | १२ श्रावण २०७७, सोमबार १३:०५