एनआरएनए अमेरिकाको अध्यक्षमा निर्वाचीत साहको घोषणा: अध्यक्ष पदको जिम्मेवारी कहिल्यै भुल्ने छैन

न्यूयोर्क : गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा निर्वाचीत सुनिल साहले अध्यक्ष पदको जिम्मेवारी कहिल्यै नभुल्ने प्रतिबद्धता जनाउनुभएको छ । अध्यक्षमा निर्वाचीत भएपछि मतदातालाई धन्यवाद ज्ञापन गर्दै साहले अध्यक्ष पदको जिम्मेवारी कहिल्यै नभुल्ने प्रतिबद्धता जनाउनुभएको हो ।

अध्यक्ष साहले भन्नुभएको छ, ‘ मेरो कोशिस तपाईहरुले दिएको अध्यक्ष पदको जिम्मेवारीप्रति न्याय गर्ने तर्फ रहनेछ । म नेतृत्वमा आएपछि के गर्छु भन्ने केही विषयहरु मैले पहिलानैं राखेको थियो, चुनावी अभियानका क्रममा तपाईहरुमाझ जादा पनि त्यसमा छलफल गरेको थिए । संचार माध्यम तथा सामाजिक संजालमार्फत पनि त्यसलाई उल्लेख गरेको थिए । त्यसतर्फ मेरो ध्यान केन्द्रीत रहनेछ । र सगसगैं तपाईहरु माझ तपाईहरुकैं भावना बुझेर कार्यक्रमहरु समेत अगाडि सार्नेछु । साथमा कार्यसमितिमा आउनुभएका सबैं साथीहरुको विचारलाई सम्मान गर्दै उहाहरुको विचार समेत समेटेर अगाडि बढ्नेछु । हाम्रो कार्यसमितिले गर्ने कार्यक्रमवारे आगामी दिनमा समेत विस्तृतरुपमा जानकारी गराउने नैं छु ।’

अध्यक्षमा निर्वाचीत साहले ३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी हुनुभएको थियो । अध्यक्षकका अर्का उम्मेदवार सूर्य लम्सालले १ हजार ७ सय ९७ र सञ्जय थापाले १ हजार ५ सय ५४ मत प्राप्त गर्नुभएको थियो । हेर्नुहोस साहले मतदातालाई धन्यवाद ज्ञापन गर्दै जारी गर्नुभएको बिज्ञप्ति;

हार्दिक आभार तथा धन्यवाद

सम्पूर्ण एनआरएनए अमेरिकाका सदस्य ज्यूहरु सम्पूर्णमा नमस्कार

हामी सबैंको आस्था, विश्वास र साझा प्रतिनिधि मुलुक संस्था गैर आवासीय नेपाली संघ अमेरिकाको वर्ष २०१९/२१ को लागि मलाई नेतृत्वमा निर्वाचित गराउन आफ्नो अमुल्य मतदान गर्नुहुने सबैं सम्मानित मतदाता ज्यूहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

विभिन्न पदमा विजयी साथीहरुलाई समेत हार्दिक बधाई दिन चाहन्छु । एनआरएनए अमेरिकाको नेतृत्वमा मलाई निर्वाचित गरेर म प्रति जुन विश्वास जनाउनुभयो त्यस विश्वासलाई गुम्न दिने छैन यो अवसरमा म त्यो प्रतिवद्वता व्यक्त गर्दछु ।

यस निर्वाचनलाई निष्पक्ष, विधिसम्मत र स्वतन्त्र ढंगवाट सम्पन्न गर्नका लागि विशेष भूमिका निर्वाह गर्नुहुने निर्वाचन समिति प्रति पनि हार्दिक आभार व्यक्त गर्दछु । यो घडीमा निर्वाचनसग जोडिएका सदस्यता छानविन समिति, सुपरिवेक्षण समिति तथा तथ्याङ्क पुनः परिक्षण समितिलाई समेत हार्दिक धन्यवाद दिन चाहन्छु ।

हामी सबैं एनआरएनए अभियानसग जोडिएका छौं । निर्वाचनमा जादा हार जीत स्वभाविक हो । प्रजातान्त्रिक विधिलाई आत्मसात गर्दा हार वा जीतलाई सहज लिइन्छ र त यो लोकतन्त्रको सुन्दर उपहार भित्र पर्दछ । अझ हामी त एनआरएनए परिवार भित्र छौं । हामी सबैं एनआरएन हौं , हामी सबैंको धेय एनआरएनए अभियानलाई अझ शसक्त र प्रभावकारी बनाउने हो । त्यो अभियानमा हामी कसैले हार्दैनौं र कसैले जित्दैनौं । त्यसका निम्ति म सधैं सबैं सग सहकार्य गर्दै एनआरएनए अमेरिकाको संस्थागत विकासमा हातेमालो गरी एनआरएन अभियानमा सबैंलाई लिएर अघि बढ्नेछु । र त्यो अभियानमा यो निर्वाचनमा म सगैं अध्यक्ष पदमा उम्मेद्वार बन्नुहुने संजय थापा ज्यू र सूर्य लम्साल ज्यू एवं अन्य पदका सम्पूर्ण उम्मेद्वारहरुलाई समेत साथमा नैं लिएर अघि बढ्ने छु र त्यसका निम्ति अपिल पनि गर्न चाहन्छु ।

मेरो कोशिस तपाईहरुले दिएको अध्यक्ष पदको जिम्मेवारीप्रति न्याय गर्ने तर्फ रहनेछ । म नेतृत्वमा आएपछि के गर्छु भन्ने केही विषयहरु मैले पहिलानैं राखेको थियो, चुनावी अभियानका क्रममा तपाईहरुमाझ जादा पनि त्यसमा छलफल गरेको थिए । संचार माध्यम तथा सामाजिक संजालमार्फत पनि त्यसलाई उल्लेख गरेको थिए । त्यसतर्फ मेरो ध्यान केन्द्रीत रहनेछ । र सगसगैं तपाईहरु माझ तपाईहरुकैं भावना बुझेर कार्यक्रमहरु समेत अगाडि सार्नेछु । साथमा कार्यसमितिमा आउनुभएका सबैं साथीहरुको विचारलाई सम्मान गर्दै उहाहरुको विचार समेत समेटेर अगाडि बढ्नेछु । हाम्रो कार्यसमितिले गर्ने कार्यक्रमवारे आगामी दिनमा समेत विस्तृतरुपमा जानकारी गराउने नैं छु । एनआरएनए अमेरिकाका अग्रज अभियन्ता ज्यूहरु, पूर्व कार्यसमितिमा रहनुहुने व्यक्तित्वहरु एवं एनआरएनए अमेरिकालाई माया गर्ने तपाई सबैंको साथ लिएर आगामी यात्रा अघि बढाउनेछु । वर्तमान कार्यसमितिले गरेको संस्थागत विकासका कार्यलाई निरन्तरता दिदैं थप कार्यक्रम ल्याउने तर्फ हाम्रो ध्यान रहनेछ ।

र यस अवसरमा मेरो उम्मेद्वारी घोषणासगैं विभिन्न तह तप्कावाट सहयोग गर्नुहुने सबैंलाई हार्दिक धन्यवाद दिन चाहन्छु । म वरिष्ठ उपाध्यक्ष रहेको वर्ष २०१७/१९ का अध्यक्ष डा. केशव पौडेल एवं सम्पूर्ण कार्यसमिति परिवार, संचारमाध्यम तथा संचारकर्मीहरुप्रति पनि हार्दिक धन्यवाद दिदैं यस्तैं सहयोग आगामी दिनमा समेत मिल्ने नैं छ भन्ने विश्वास समेत लिएको छु । र अन्त्यमा फेरि तपाई सम्पूर्ण एनआरएनए अमेरिकाका सदस्य ज्यूहरुप्रति विशेष आभार व्यक्त गर्दछु । अमेरिका निवासी गैर आवासीय नेपाली सबैंप्रति पनि उच्च सम्मान व्यक्त गर्दछु ।

जय एनआरएनए अमेरिका । धन्यवाद ।

सुनील साह, नव निर्वाचित अध्यक्ष वर्ष २०१९/२१

गैर अँवासीय नेपाली संघ, अमेरिका


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार २१:१८