रसुवामा कांग्रेसका मोहन आचार्य विजयी

रसुवा : रसुवामा नेपाली कांग्रेसका मोहन आचार्य आफ्ना प्रतिस्पर्धीभन्दा दोब्बर बढी मत ल्याएर विजयी हुनु भएको छ । आचार्यले १८२३५ मत ल्याएर विजयी हुनु भएको हो । उहाँको प्रतिद्वन्द्वी नेकपा एमालेका छोवाङ तेन्जिन तामाङले ८६१४ मत पाउनु भएको छ ।

त्यस्तै, मंगोल नेसनल अर्गनाइजेसनका विकास गलानले २१० मत ल्याउनु भएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिननाथ देवकोटाले १६५ मत पाउनु भएको छ ।


प्रकाशित | ६ मंसिर २०७९, मंगलवार २१:२७