विराजको कप्तानीमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा

काठमाडौं: दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलका लागि विराज महर्जनको कप्तानीमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको घोषणा भएको छ ।

नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक योहान कालिनले मलेसिया र चाईनिज ताईपेविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदसीय नेपाली टोलीको घोषणा गरेका हुन् ।

नेपालले आगामी जुन २ मा मलेसियासंग उसैको मैदान र जुन ६ मा चाईनिज ताईपेसंग उसैको मैदानमा खेल्दैछ ।नेपाली टोलीमा युवा खेलाडी अभिषेक रिजालले पहिलो पटक स्थान बनाएका छन् । अन्य खेलाडी पुरानै अनुहार छन् ।

मुख्य प्रशिक्षक कालिनले घोषणा गरेको टिममा नियमित दुई सदस्य विमल घर्ती मगर र भरत खवास परेका छैनन् । यस्तै मिडफिल्डर हेमन गुरुङ, डिफेन्डर कमल श्रेष्ठ र दिनेश राजवंशी टिममा परेका छैनन् ।

 

नेपाली टिम :

गोलकिपर : किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने

डिफेन्डर : स्विराज महर्जन, अनन्त तामाङ,सरोज दाहाल, रजिन धिमाल, सुमन अर्याल, देवेन्द्र तामाङ, अजित भण्डारी, रबी सिलवाल

मिडफिल्डर : रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुमन बल, रबि पासवान,सुजल श्रेष्ठ,बिमल राना, बिशाल राई

फरवार्ड : अभिषेक रिजाल,अन्जन बिष्ट,तेज तामाङ, नवयुग श्रेष्ठ


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १८:२८