एनआरएनए अमेरिकाको १० औ वार्षिक साधारणसभा आजबाट शूरु

न्यूर्योक । गैर आवासीय नेपाली संघ अमेरिकाको १० औ वार्षिक साधारणसभा शनिवारबाट न्यूर्योकमा शूरु हुँदै छ । साधारणसभा जुलाई ३ र ४ अर्थात शनिवार र आइतबार गरि दुई दिन चल्नेछ । साधारणसभाको पहिलो दिन महासचिवको प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदनका साथै विधान संशोधनको विषयमा छलफल हुनेछ ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडा प्रमुख अतिथिको रुपमा सहभागी हुनुहुनेछ । राजदूत डा खतिवडाले कार्यक्रमको औपचारिक उद्घाटन समेत गर्नु हुने कार्यक्रम छ ।

त्यस्तै, कार्यक्रमका लागि एनआरएनए आइसिसी उपाध्यक्ष डा. बद्री केसी न्यूर्योक आइपुग्नु भएको छ । कार्यक्रममा केसीसहित संघका उपाध्यक्ष सोनाम लामा, महिला उपाध्यक्ष रविना थापा, सचिव गौरी राज जोशी, सल्लाहकार एसी शेर्पा, हरिबोल भण्डारी, क्षेत्रीय संयोजक राजन त्रिपाठी लगायत सहभागि हुनु हुने कार्यक्रम छ । कार्यक्रमको लागि अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधि तथा नवनिर्वाचीत कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु सहभागी भइसक्नु भएको छ ।

साथै सोही अवसर पारेर आगामी कार्यकालको लागि नवनिर्वाचीत कार्यसमितिको शपथ ग्रहण कार्यक्रम राखिएको छ । अमेरिकामा आगामी कार्यकालको लागि बुद्धि सागर सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचीत भइसकेको छ । सो नयाँ कार्यसमितिले सपथ ग्रहण लगत्तै पद्भार समाल्नेछ ।


प्रकाशित | १९ असार २०७८, शनिबार १५:२४