प्रधानमन्त्री ओलीद्धारा बाढीपीडित क्षेत्रको स्थलगत निरीक्षण

मेलम्ची । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीले क्षतिग्रस्त बनाएको हेलम्बुमा स्थलगत निरीक्षण गर्नुभएको छ । शनिबार नेपाली सेनाको हेलिकप्टरमा प्रधानमन्त्री ओली हेलम्बु गाउँपालिका–२ को गणेशे बगर पुग्नुभएको हो । हेलम्बु पुगेर प्रधानमन्त्रीले बाढी पीडितहरुसँग भेटघाट गर्नुहुँदै बाढीग्रस्त क्षेत्रको निरीक्षण समेत गर्नुभयो । बाढीले विस्थापित भएका हेलम्बुका स्थानीयहरुको अस्थायी आवासमा पुगि तत्काल पुनःनिर्माण हुने बताउनुभयो ।

बाढीले बगाएका पुलहरू तत्काल निर्माण गर्न प्राविधिक टोली प्रधानमन्त्री सँगै हेलम्बु आईपुगेको उहाँले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले बाढीले क्षति पु¥याएको हेलम्बु गाउँपालिकालाई मेलम्ची खानेपानी विकास समितिको तर्फबाट दुई करोड सहायता रकम हस्तान्तरण गर्नुभयो ।

प्रधानमन्त्री ओलीले हेलम्बुमा रहेको मेलम्ची खानेपानी मुहान क्षेत्र र बाढी प्रभावितसँग भेटघाट गरी बाढी प्रभावित क्षेत्र मेलम्चीको अवलोकन र जिल्ला विपद् ब्यवस्थापन समिति मार्फत सिन्धुपाल्चोकको समग्र विपदको अवस्था वारे जानकारी लिनु भएको छ ।


प्रकाशित | २६ असार २०७८, शनिबार १७:२२