एनआरएनए अमेरिकाको अध्यक्षमा साह, कसको कती मत ? (पूरा विवरणसहित)

किरण बुढाथोकी /काठमाडौं  

गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाको निर्वाचनमा आगामी कार्यकालको लागि सुनिल साह निर्वाचीत हुनुभएको छ । एनआरएन अमेरिकाको निर्वाचन मतपरिणअनुसार सुनील साहले ३ हजार ७ सय ११ मत प्राप्त गर्दै विजयी भन्नुभयो । त्यस्तै, अध्यक्षका प्रत्यासी सूर्य लम्सालले १ हजार ७ सय ९७ मत प्राप्त गर्नुभएको छ भने अर्का प्रत्यासी सञ्जय थापाले १ हजार ५ सय ५४ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा डा. अर्जुन बञ्जाडेले २ हजार ९ सय ४९ मत प्राप्त गर्दै विजयी हुनुभयो । त्यस्तै, उपाध्यक्ष (मिड वेस्ट ) तर्फबाट बुद्धिसागर सुवेदीले ३ हजार ५ सय २ मत प्राप्त गरि विजयी हुनुभयो । उपाध्यक्ष (नर्थ इस्ट रिजन) मा बाबुराम लामाले ३ हजार ५ सय १९ मत प्राप्त गरि विजयी हुनुभयो । त्यसैगरि उपाध्यक्षमा (साउथ रिजन ) कृष्णजीवी पन्तले ४ हजार ६ सय ३९ मत प्राप्त गर्दै विजयी हुनुभयो । उपाध्यक्षमामा वेस्ट रिजनबाट सर्वज्ञ वाग्लेले ३ हजार ७ सय ८७ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

त्यस्तै, महासचिवमा पशुपति राज पाण्डेले ३ हजार ४२ मत प्राप्त गर्दै विजयी हुनुभयो । सचिवमा ३ हजार ३ सय ३५ मत प्राप्त गर्दै अमृत बाबु कँटेले विजयी हुनुभयो । कोषाध्यक्ष्मा नेत्र प्रसाद प्रोखरेल २ हजार ६ सय ७१ मत प्राप्त गर्दै विजयी हुनुभयो भने सहकोषाध्यक्षमा सन्तोष कुमार विष्टले ३ हजार ८ सय ६५ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

त्यस्तैगरि महिला संयोजकमा दिक्षा बस्नेत ३ हजार ९ सय ४५ मत प्राप्त गर्दै विजयी हुनुभयो भने विनोद रुवालीले ३ हजार ५ सय ५० मत प्राप्त गर्दै युवा संयोजकमा निर्वाचीत हुनुभयो ।

एनआरएन अमेरिकाको बोर्ड सदस्यमा सत्य नारायण चौधरी (२२१५ मत ), चित्र कार्की (२०५९ मत ), धरम विश्वकर्मा ( १८७० मत ), दुर्गा प्रसाद श्रेष्ठ (२१३९ मत ), छत्र गुरुगं ((२३६५ मत ), खिम विक्रम भट्राई (२०२३ मत ), अमर बहादुर छन्त्रयाल ( १८७६ मत ), चेत्र प्रसाद पौडेल (२१०७ मत ), जीवन कुमार जोशी (२०२६ मत ), पदम बहादुर थकुराथी (२२४६ मत ), बाासुदेव अधिकारी (२१२१ मत), तिलक बहादुर केसी (१९१८ मत ) प्राप्त गरि विजयी हुनुभयो ।

 


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १४:१९