एनआरएनए जापानको नवौं अधिवेशन अगष्टमा गर्ने घोषणा

टोकियो: गैरआवसीय नेपाली संघ (एनआरएनए) जापानको नयॉ नेतृत्व निर्वाचनको लागि आगामी अगष्टमा नवौं अधिवेशन हुने भएको छ । शनिवार एनआरएन जापानले पत्रकार सम्मेलनको आयोजना गरि अगष्टमा नवौं अधिवेशन गर्ने घोषण गरेको हो । अधिवेशनको मिति घोषणसँगै नयॉ नेतृत्वको लागि उम्मेदवारहरुको चर्चा शुरु भएको छ ।

एनआरएन जापानका वरिष्ठ उपध्यक्ष देविलाल भण्डारीको सभापतित्वमा सम्पन्न भएको पत्रकार सम्मेलनमा, एनआरएनएन जापानका महासचिव बुद्दीराज घिमिरलगायका पदाधिकारीहरुको उपस्थिती रहेको थियो । पत्रकार सम्मेलनमा वरिष्ठ उपध्यक्ष भण्डारीले अधिवेशनले अध्यक्ष १ ,वरिष्ठ उपाध्याक्ष १,उपाध्याक्ष ५ (महिला,युवा,क्षेत्र र खुल्ला २०,महासचिव १, सचिव ३ ९क्षेत्र, खुल्ला २० कोषाध्यक्ष १ ,सहकोषाध्क्ष १ , ८ सदस्य एक महिला सहितको निर्वाचन हुने जनाएको छ । यसवर्ष देखि युवा संयोजक तथा महिला संयोजकको पनि निर्वाचन हुने बताउनुभयो ।  यस पटक गैरआवसीय नेपाली संघ जापान नयॉ नेतृत्वको लागि एक दर्जन भन्दा बढी दावी गरेका छन् तर नेतृत्व दाविको लागि आधिकारीक घोषणा भने भइसकेको छैन ।


प्रकाशित | १४ बैशाख २०७६, शनिबार २०:४३