काठमाडौं : काँडाघारीमा अवस्थित नेक्सस ईन्टरनेशनल एकेडेमीले निर्माण गर्न लागेको अत्याधुनिक सुविधा सम्पन्न भवनको शिलान्यास गरिएको छ । शनिबार आयोजित एक कार्यक्रमकाबीच पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले अत्याधुनिक सुविधा सम्पन्न भवनको शिलान्यास गर्नु भएको हो ।

कार्यक्रममा सहभागि अध्यक्ष ओलीलाई बाजागाजा र फूलामालासहित भब्य रुपमा स्वागत गरिएको थियो । सो अवसरमा आयोजित अभिभावक दिवसको क्रममा सम्बोधन गर्नुहुँदै पूर्व प्रधानमन्त्री ओलीले भवन निमार्ण कार्य समयमै सम्पन्न भएर विद्यार्थीहरुको लागि भरपर्दो ढंगले सेवा पुर्याउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो ।

कार्यक्रममा अभिभावकहरु निकै उत्साहका साथ सहभागि भएकोमा खुसी ब्यक्त गर्दै अध्यक्ष ओलीले अभिभावकको आसा, विश्वास र भरोसालाई विद्यालयले बढाएर लग्नुपर्ने सुझाव दिनुभयो ।

विद्यालयले उत्पादन गरेका विद्यार्थीहरु अन्तराष्टिय स्तरमा प्रतिस्पर्धा गर्न सक्नपर्ने गरि अब्वल हुनुपर्नेमा जोड समेत दिनुभयो ।

कार्यक्रममा विभिन्न खालका सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो । कार्यक्रममा गायक रामकृष्ण ढकालले गीत गाउँदा ओलीले नाच्दा माहौल गरमाएका थियो ।

एकेडेमीका फाउन्डर पिन्सिपल आरबी कटुवालले एकेडेमीले प्राज्ञीक क्षेत्रमा निकै ठूलो उपलब्धी हासिल गरिरहेको जानकारी गराउनुभयो । नेक्ससले विद्याथीको शैक्षिक उपलब्धीलाई मात्र ध्यान नदिई खेल्दै सिक्ने र सिक्दै खेल्ने वातावरण पनि बनाउँदै विद्यार्थीको ब्यक्तीत्व विकासमा अगाडि बढिरहेको बताउनुभयो ।

पिन्सिपल कटुवालले निकट समयमा अत्याधुनीक सुविधा सम्पन्न भवन निर्माण हुने र विद्यालयलाई थप ब्यवस्थित ढंगले सञ्चालन गरिने बताउनुभयो । कार्यक्रममा सम्बोधन गर्नुहुँदै विद्यालयका संरक्षक रुकमांगत कटुवाले नेक्सस सञ्चालन गर्ने टिमले अब्बल रुपमा काम गरिरहेको बताउनुभयो ।

कार्यक्रममा प्याप्सनका केन्द्रीय अध्यक्ष डीके ढुंगानाले नेक्ससले मुलुकको लागि मात्र नभई संसारभरिका लागि जनशक्ती उत्पादनमा सहयोग पुर्याइरहेको बताउनुभयो । साथै अन्तरािष्टय क्षेत्रमा समेत आफूलाई प्रतिस्पर्धी बनाउँदै लगेकोमा खुसी ब्यक्त गर्नुभयो ।

सो अवसरमा विद्यालयले पूर्व प्रधानसेनापति रुकमांगत कटुवाल, वरिष्ठ गायक रामकृष्ण ढकाल र ओलम्पियन दिपक विष्टलाई सम्मान समेत गरेको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले आर्कषक सांस्कृतिक प्रस्तुति गरेका थिए । जसले कार्यक्रम निकै रोमाञ्जक बनेको थियो । अभिभावक दिवसकै अवसरमा विभिन्न बालबालीका, शिक्षक शिक्षीकाहरु तथा अभिभावकहरुलाई सम्मान समेत गरिएको थियो ।










प्रकाशित | २७ फाल्गुन २०७९, शनिबार २०:३७