युरोपियन च्याम्पियनसिपको उपाधि नेदरल्याण्डलाई

एजेन्सी: नेदरल्याण्डले यु–१७ फुटबल टिमले युरोपियन च्याम्पियनसिपको उपाधि जितेको छ । आईतबार राति भएको खेलमा इटालीलाई ४–२ गोल अन्तरले पराजित गर्दै नेदरल्याण्डले लगातार दोस्रो पटक उमेर समुहको युरो कपको उपाधि उचालेको हो ।

अघिल्लो बर्ष समेत नेदरल्यान्डले इग्ल्यान्डलाई ४–१ गोलले पराजित गर्दै उपाधि उचालेको थियो ।ईटालीविरुद्व एकपक्षित जित निकाल्ने क्रममा नेदरल्यान्डले पहिलो हाफमै तीन गोल गरेको थियो ।

सन्च ह्यान्सनले २० औं मिनेटमा डच टोलीलाई अग्रता दिलाएका थिए । नोफ्याल ब्यानिसले ३७ औं मिनेटमा अग्रता दोब्बर पारे । ४५ औं मिनेटमा लान म्याटसनले नेदरल्याण्डका लागि तेस्रो गोल गरे ।

इटालीका लोरेन्जो कोलम्बोले ५६ औ मिनेटमा गोल गर्दै गोल अन्तर घटाउने प्रयास गरेका थिए । तर नेदरल्यान्डका नासी एनुभारले ७० औं मिनेटमा खेल ४–१ को स्थितीमा पु¥याए ।खेल सकिन एक मिनेट बाँकी छदा कोलम्बोले व्यक्तिगत दोस्रो गोल गर्दै हार अन्तर घटाउने काम गरे ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १२:४२