सहिद स्मारक ‘ए’ डिभिजन: आर्मी संकटा क्लबको बराबरी

काठमाडौँ -विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लब र संकटा क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा बराबरी खेलेका छन् ।

आर्मी र संकटाले गोलरहित बराबरी खेल्दै यस सिजनको लिगको सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा खेल बराबरीमा रोकिन पुग्यो ।

खेलमा बराबरीसँगै दुवै टोलीले समान १ अंक जोडेका छन् ।


प्रकाशित | २१ फाल्गुन २०७९, आईतवार २०:३८