जंगलमा १२ वटा बेबारिसे बन्दुक फेला

सुर्खेत: जंगलमा १२ वटा बेबारिसे बन्दुक फेला परेको छ । प्रहरीले गस्तीका क्रममा जंगलमा बेबारिसे फालिएको अवस्थामा घरेलु भरुवा बन्दुक फेला पारेको हो । प्रहरी चौकी बड्डचीरबाट खटिएको टोलीले गस्तीका क्रममा फेला पारेको उक्त बन्दुक जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई बुझाएको छ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी प्रदीपबहादुर क्षेत्रीले पछिल्लो एक महिनामा अबैध हातहतियार खोज तलास अभियान अन्तर्गत बराहतालका स्थानीयले पक्राउ पर्ने डरले ती भरुवा बन्दुक जंगलमा वेबारिसे छोडि दिएको हुन सक्ने बताउनुभयो ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार १०:२५