चलचित्र ‘माया बस्छ कि के हो’ मा जम्ने भो सोनाल र कस्मताको जोडी

काठमाडौं : चलचित्र ‘माया बस्छ कि के हो’ मा सोनाल तामांग र कस्मता निरौलाको जोडी जम्ने भएको छ । जनकपुर मिडिया हाउस प्रा.लि.को ब्यानरबाट निर्माण हुन लागेको चलचित्रकोे अफिसियल निर्माण घोषणा गरिएको हो । शरद अधिकारीको प्रस्तुती रहने चलचित्रलाई राजु अधिकारीले निर्देशन गर्नेछन् । यो चलचित्रबाट सोनाल तामांग र कस्मता निरौलाले डेव्यु गर्दैछन् ।

चलचित्रमा यी दुई कलाकारबाहेक बेलायतमा बस्दै आएका ध्रुव दत्त, बेल्जियमका बेनी ढुंगानाको पनि अभिनय रहनेछ ।चलचित्रमा कार्यकारी निर्माताको रुपमा बहादुर सिंह तामांग (लामा) र कृष्ण गिरी रहेका छन् । चलचित्रको अधिकांस छायाँकन युरोप, लण्डन र स्कटल्यान्ड हुने प्रेसमिटमा जानकारी गराइयो । रबिन्द्र बरालको छायाँकन रहन चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ । आरती अधिकारीको कगा रहेको चलचित्रमा मौनता श्रेष्ठको पटकथा एवं संवाद छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १८:५८