शेयर बजारमा गिरावट : कारोबारमा भने बढोत्तरी

काठमाडौं : साताको पहिलो दिन आज (आइतबार ) सेयर बजारमा गिरावट देखिएको छ । शेयर बजारमा गिरावट देखिएपनि कारोबार भने निकै बढेको छ । आज नेप्से मापन गर्ने सूचक १.८७ अंकले घटदा लेप्से १३१६।८४ बिन्दुमा रोकिएको छ ।

१७२ कम्पनीको ३२ लाख ८१ हजार ११६ कित्ता सेयर १ अर्ब ९ करोड ३ लाख ४८ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको छ । १२ समूहको कारोबारमा विकास बैंक ८.८२, जलविद्युत ३.०३, वित्त ५.३६, उत्पादन तथा प्रशोधन समूहको १००.२६, अन्य समूहको उपसुचक १.९६ अंकले बढ्दा बैंकिङ, व्यापार, होटल, निर्जीबन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स समूहको उपसूचकमा गिरावट आएको छ ।

कारोबार रकमको आधारमा नेपाल बैंक अग्रस्थानमा देखिएको छ । नेपाल बैंकको २२ करोड ६८ लाख १९ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट, बुटवल पावर कम्पनी रहेको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १६:३५