एनआरएनए अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र सचिवका उम्मेदवार कृष्णजीवी पन्थ कोरियामा, एयरपोर्टमा भब्य स्वागत

दक्षिण कोरिया । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशनको चुनावी प्रचार प्रसारको क्रममा अध्यक्षका उम्मेदवार महेश श्रेष्ठ र सचिवका उम्मेदवार कृष्णजीवी पन्थ कोरियामा आइपुग्नु भएको छ ।

May be an image of 14 people and text

यूरोप, मध्यपूर्व हुँदै एसिया प्याशिफिकका मलेसिया र कम्बोडियाको भ्रमण सकाएर शनिबार कोरिया आइपुग्नु भएको हो ।

May be an image of 6 people

अध्यक्षका उम्मेदवार श्रेष्ठ र पन्थलाई कोरियामा भब्य स्वागत गरिएको छ । स्वागतका लागि एनआरएनए कोरियाका अध्यक्ष बुद्दी गुरुङसहित पदाधिकारी, संस्थापक अध्यक्ष केपी सिटौला, जनसम्पर्क समितिका सभापति भजिन्द्र क्षेत्री, पूर्व सभापति नवराज सिवाकोटी, उपसभापति लक्ष्मण दाहाल, पत्रकार महासंघ कोरियाका वरिष्ठ उपाध्यक्ष सन्तोष खड्का, महासचिव वासुदेव भट्ट, सुदुरपश्चिम समाजका अध्यक्ष सन्तोष सुवर्णकार, पर्वत समाजका अध्यक्ष दीपक केसी लगायतका व्यक्तिहरू एयरपोर्ट पुग्नु भएका थियो ।

May be an image of 5 people, people smiling and suit

दक्षिण कोरियामा रहँदा एनआरएनए कोरियाले स्वागतको साथै भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सहभागि हुने कार्यक्रम छ । कार्यक्रम अक्टोबर ८ आईतबार छाहारी रेस्टुरेन्ट, दोङदेमुन, दक्षिण कोरियामा दिउँसो २ बजे संचालन हुनेछ।

May be an image of 5 people, suitcase and textMay be an image of 4 people and textMay be an image of 4 people and textMay be an image of 7 people, suitcase and text


प्रकाशित | २० आश्विन २०८०, शनिबार १७:५९