काठमाडौं र भक्तपुरका तीनै जना संक्रमित टेकु अस्पतालमा भर्ना

काठमाडौं : काठमाडौं र भक्तपुरमा मंगलबार राती कोरोना भाइरसको संक्रमण देखिएका तीन जनालाई उपचारका लागि अस्पताल लगिएको छ। उनीहरु तीनै जना टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छन्।

दुई महिला र एक पुरुष गरी गरी तीन जनालाई आईसोलेसनमा राखेर उपचार थालिएको अस्पतालले जनाएको छ। उनीहरु तीनै जनालाई गएराति अस्पताल भर्ना गरिएको अस्पतालका प्रवक्ता डा अुनप बाँस्तोलाले जानकारी गराउनुभयो ।

संक्रमितमध्ये महेन्द्रनगरको सिर्सैयाबाट काठमाडौं फर्किएकी ३३ वर्षीय महिला, सुनसरीबाट काठमाडौं फर्किएकी २५ वर्षीय महिला र भक्तपुर दुवाकोटका २७ वर्षीय पुरुष छन्।

उनीहरुको प्रयोगशाला परीक्षणका क्रममा कोरोना पुष्टि भएको डा बाँस्तोलाले जानकारी दिनुभयो । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ।


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार १२:५५