प्रचण्डलाई नेकपा संसदीय दलको नेता बनाउने तयारी

काठमाडौँ । प्रचण्ड–माधव समूहको संसदीय दलको बैठक आज बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ ।

संसदीय दलको बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा संसदीय दलको नेता छान्ने तयारी रहेको जानकारी प्राप्त भएको छ ।

पार्टी अध्यक्षमा नेपाललाई तोकेपछि अब प्रचण्डलाई संसदीय दलको नेता बन्नका लागि बाटो खुलेको छ । संसदीय दलको नेताका लागि यसअघि पनि प्रचण्डलाई प्रस्ताव गरिएको थियो ।

गत सोमबार भएको संसदीय दलको बैठकले पार्टी र देश हित विपरित काम गरेको भन्दै केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको थियो ।


प्रकाशित | ८ पुष २०७७, बुधबार ०८:४८