१२ देखि १७ वर्ष उमेरका बालबालिकालाई खोप दिने तयारी

काठमाडौँ -भक्तपुरसहित अरु जिल्लामा भने मोडर्ना खोप दिने तयारी गरिएको छ । यसअघि सरकारले काठमाडौँ उपत्यकासहित २० जिल्लाका बालबालिकालाई फाइजर खोप लगाउने भनेको थियो । ५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई गएको चार गतेदेखि नै मोडर्ना खोप दिइएको छ ।

फाइजर खोप कम भएको भन्दै सरकारले काठमाडौँ र ललितपुरबाहेकका अरु जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिने तयारी गरेको छ । बालबालिकालाई विद्यालयबाटै खोप दिने तयारी गरिएको छ ।


प्रकाशित | २५ पुष २०७८, आईतवार १५:०३