धनकुटा बन्यो प्रदेश १ को मुख्यमन्त्रीको सम्पर्क कार्यालय

धनकुटा : प्रदेश नम्बर १ को नामाकरण र राजधानीको विषय केहि साताभित्रै टुंंगो लाग्ने बताइरहँदा प्रदेश १ मन्त्रिपरिषदले खारेज भएको पूर्वाञ्चल क्षेत्रीय कार्यालयको भवनलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सम्पर्क कार्यालय बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीका अनुसार क्षेत्रीय कार्यालयको भवनलाई प्रदेश मातहत ल्याउनका लागि सम्पर्क कार्यालय तोकिएको हो । प्रदेश १ ले आफ्नो यातायात सेवा कार्यालय पनि धनकुटामा स्थापना गर्ने निर्णय गरेको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार १८:४५