बैतडीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बैतडी: दशरथचन्द्र नगरपालिका ११ को नानीगाडमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने अर्का तीन जना घाइते भएका छन् ।

दशरथचन्द नगरपालिकाबाट नागार्जुन जाँदै गरेको ग १ ज ४९२१ नम्बरको जीप आइतबार बिहान दशरथचन्द नगरपालिका ११ नानीगाड भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको हो ।

दुर्घटनामा दशरथचन्द नगरपालिका १० बाराकोटका हिरावल्लभ भट्ट र नरुली भट्टको घटनास्थलमै ज्यान गएको हो । त्यस्तै दुर्घटनामा दशरथचन्द नगरपालिका १० कै प्रकाश भट्ट, जीप चालक नवीन भट्ट र कञ्चनपुर महेन्द्रनगर बस्ने राहुल भट्ट घाइते भएका छन् ।

जीप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी नेतृत्वको टोली घटनास्थलतर्फ गएको र घाइतेहरुलाई उद्धार गरी अस्पताल ल्याउने काम भैरहेको प्रहरीले जानकारी दिएको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १५:०१