रक्षाबन्धनका १० तस्बिर (फोटोफिचर)

पत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो  धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । आज रक्षाबन्धन अर्थात् जनैपूर्णिमालाई केहि तस्विरमा उत्तारेका छौ । हेर्नुहोस तस्विरमा रक्षाबन्धन । तस्विर: रासस

 


प्रकाशित | ३० श्रावण २०७६, बिहीबार १३:२०