हङकङमा निःशुल्क सर्जिकल मास्क वितरण गर्दै एनआरएनए

हङकङ : गैर आवासीय नेपाली संघ (एनआरएनए ) हङकङले कोरोना भाइरस लाग्न नदिन तथा संक्रमणबाट जोगिनको लागि निःशुल्क सर्जिकल मास्क वितरण गर्ने भएको छ ।

एनआरएनए हङकङ  अध्यक्ष राधिका (टिका ) गुरुङले सर्जिकल मास्क वितरणको मिति, स्थान र समय चाँडै तय गर्ने जानकारी गराउनुभयो । थप जानकारीको लागि संस्थाको कार्यालयमा सम्पर्क गर्न समेत अध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष गुरुङले हङकङमा भाइरसको संक्रममणबाट अहिलेसम्म कोही नपरेको सुखद पक्ष रहेको बताउँदै सतर्क रहन सबैमा अनुरोध गर्नुभएको छ ।


प्रकाशित | २८ माघ २०७६, मंगलवार १५:५८