ओपन टेनिसको फाइनलमा नाडाल र नोभाकले प्रतिस्पर्धा गर्ने

एजेन्सी:  इटालियन ओपन टेनिसको फाइनलमा साविकको विजेता राफायल नाडाल र विश्व नम्बर एक सर्बियन नोभाक जोकोभिकले प्रतिस्पर्धा गर्ने भएका छन् ।

रोममा शनिबार भएको सेमिफाइनलमा नाडालले स्टेफानोस स्टिपासलाई ६-३ र ६-३ को सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

यस्तै जोकोभिकले अर्जेन्टिनाका डिएगो स्वार्ट्जम्यान ६-३, ६-७ (२-७) र ६–४ को सेटमा पराजित गरे ।महिलातर्फको उपाधिका लागि जोहाना कोन्टा र करोलिना प्लिस्कोभाले भिड्ने छन् ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार १४:२८