दोलखाको तामाकोशीमा एमालेको विशाल जनसभा, एमाले प्रवेशको लहर (फोटोफिचर)

दोलखा: नेकपा एमाले दोलखाले चुनावी प्रचारको उत्कर्षका रुपमा तामाकोशी गाउँपालिकामा आज विशाल जनसभा आयोजना गरेको छ । तामाकोशी–४ मालूमा सम्पन्न जनसभामा पालिकाका सबै वडाबाट हजारौं जनसमूह नाराजुलुश र झाँकीसहित सहभागी भएका थिए । सभाको उपस्थितिले दोलखामा एमालेको जित सुनिश्चित रहेको सन्देश दिएको छ ।

No description available.

कार्यक्रममा कांग्रेसबाट दुई दर्जन नेता–कार्यकर्ता एमाले प्रवेश गर्नुभएको छ । जसअनुसार कांग्रेसबाट हरिप्रसाद काफ्ले, दलबहादुर मगर, खेम मगर, भीम मगर, भवानी काफ्ले, सन्देश तामाङ, सुमन कार्की, विशाल कटुवाल, सरोज सुनुवार एमाले प्रवेश गर्नुभएको छ ।

No description available.

त्यस्तै, नकुल कार्की, कृष्ण कार्की, रेशम तामाङ,विशाल कटुवाल, सरोज सुनुवार, नकुल कार्की, कृष्ण कार्की, रेशम तामाङ, रविन कार्की र अर्जुन खत्री पनि एमाले प्रवेश गर्नुभएको छ ।

No description available.

प्रवेशीहरुलाई प्रमुख अतिथि एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री आनन्दप्रसाद पोखरेल, पोलिटब्यूरो सदस्य तथा पूर्व मन्त्री, पार्वत गुरुङ, केन्द्रीय सदस्यहरु सरस्वती बस्नेत, रचना खड्का, केन्द्रीय सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत, वागमती प्रदेशका दोलखाका ईन्चार्ज तथा पूर्व जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेल, नेकपा एमालेका प्रतिनिधिसभाका उम्मेदवार बालकृष्ण शिवाकोटी तथा प्रदेशसभा १ का उम्मेदवार नरबहादुर श्रेष्ठलगायतले स्वागत गर्नुभएको थियो ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.
No description available.
No description available.

प्रकाशित | ३० कार्तिक २०७९, बुधबार १४:३४