जापानको ब्यापारिक सहर नागोयामा पहिलोपटक ‘नेपाल फेस्टिबल’ हुँदै: फेस्टिबल तयारी तीब्र

टोकियो: जापानको ब्यापारिक सहर ‘नागोया’मा ‘भिजिट नेपाल २०२०’ सफल बनाउने उद्देश्यले आगामी जुन १५ र १६ तारिखका दिन पहिलोपटक  ‘नेपाल फेस्टिबल’ आयोजना गरिने भएको छ । जापानको राजधानी टोकियोमा केही वर्षदेखि निरन्तर आयोजना हुँदै आएको नेपाल फेस्टिबल यस वर्ष नागोयामा पनि सञ्चालन गर्न लागिएको हो।

भिजिट नेपाल सफल बनाउने प्रमुख उद्देश्यले राजदुतावास र गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको संयुक्त आयोजनामा सो फेस्टिवल आयोजना गरिन लागिएको हो । फेस्टिवल विशेष गरि जापानी नागरिकमाफ नेपालको पर्यटन प्रबद्र्धनमा केन्द्रित गरिने छ ।

एनआरएन एसिया प्याशिफिक सहसंयोजक पारसमणी पोखरेलका अनुसार  फेस्टिवलमा जापानका स्थानीय मेयर, उपमेयर, विभिन्न निकायका प्रमुख र स्थानीयको बाक्लो सहभागितामा गरिनेछ । आगामी जुन १५ र १६ दूई दिन आयोजना गरिन लागिएको फेस्टिवलमा २० हजार हाराहारीले अवलोकन गर्ने अपेक्षा राखिएको  पोखरेलले बताउनुभयो ।

भिजीट नेपाल कार्यक्रमलाई कसरी सफल बनाउन सकिन्छ भन्ने उद्देश्यले आयोजना गरिन लागिएको फेस्टिवल नेपाल एयरलायन्सले उडान भर्न लागेको पूर्वसन्ध्यामा गरिनेछ । फेस्टिवलमा खानाको स्टल १२ वटा, नर्मल स्टल २०  वटाराखिनेछ । साथै अन्य विभिन्न नेपालको प्रचार प्रसार गर्ने तथा पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने खालका स्टल राखिने कार्यक्रम रहेको छ ।  कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अध्यक्षहरु उपेन्द्र महत्तो, जीवा लामिछाने, शेष घले, जमुना गुरुगं, वर्तमान अध्यक्ष भवन भट्टलगायतको सभागिता रहनेछ ।

 


प्रकाशित | २२ बैशाख २०७६, आईतवार १३:२०