सुनचाँदीको मूल्य घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको भाउ घटेको छ । बजारमा शुक्रबारको तुलनामा आइतबार सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । चाँदी प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ११:३१