उपत्यकामा १ हजार ११० सहित २ हजार २२५ जनामा कोरोना संक्रमण, १३ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा २ हजार २२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १३ हजार ८४६ जनाको पिसिआर परिक्षण गरिएकामा २ हजार २२५ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २ हजार ८४६ जना निको भएका छन् । त्यस्तै, पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना संक्रमित थपिएका छन् ।

त्यस्तै, पछिल्लो २४ घन्टामा कोरोनाले १३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।


प्रकाशित | ८ कार्तिक २०७७, शनिबार १६:२७