पाल्पाको लोरेङ्गमा पहिलो पटक बस पुग्दा स्थानीयबासी हर्षित

पाल्पाः पाल्पाको रम्भा गाउँपालिका—४ लोरेङ्गमा पहिलो पटक बस पुग्दा स्थानीय निकै खुसी भएका छन् । पश्चिमाञ्चल बस व्यावसायी समितिद्वारा संचालित लु १ ख ३९८४ नम्बरको बस चालक भेम बहादुर मगरले माडी, फेदि, बगैचा हुँदै लोरेङ्ग गाउँमा बस पुर्याएसँगै पहिलो पटक बस सेवा पुगेको हो ।

गाउँमा बस पुगेपछी स्थानीयहरु खुसियालीको साथै अबिर फुलमालाले चालक, सवारी धनी, सह—चालकलाई स्वागत गरेका थिए । बाटोका विभिन्न ठाउहरुमा साँघुरो र अप्ठ्यारो ठाँउहरु मर्मत कार्य सकिएकोले अब नियमित बस सञ्चालन हुने बस ब्यवसायीले बताए । अब दिनमा लोरेङ्ग देखि बिहान साढे ८ बजे र बुटवलबाट दिउँसो २ बजे नियमित बस सञ्चालन हुनेछ ।


प्रकाशित | २८ बैशाख २०७६, शनिबार १४:३०