प्रदेश ५ सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने: सबैलाई लुम्बिनी भ्रमणको निम्तो

काठमाण्डौ: प्रदेश ५ को सरकारले ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने घोषणा गरेको छ । प्रदेश सरकारले समग्र लुम्बिनीलाई पर्यटन प्रबर्द्धन गर्ने संस्कृतिको रुपमा विकास गर्न भ्रमण वर्ष मनाउने निर्णय गरेको हो । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रभागमा राखेर त्यस वरपरका सम्पदाहरुलाई पनि पर्यटकीय दृष्टिकोणले विकास गर्ने उद्देश्यका साथ ‘लुम्बिनी भ्रमण वर्ष–२०७६’ मनाउने निर्णय गरेको जानकारी दिनुभयो । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔंः शान्तिको सन्देश फैलाऔैं’ भन्ने मूल नारा तय गरिएको भ्रमण वर्ष आगामि जेष्ठ ४ गते लुम्बिनीमा एक भव्य कार्यक्रमका बीच शुभारम्भ गरिने भएको छ ।


प्रकाशित | २५ बैशाख २०७६, बुधबार २०:०९