बालुवाटार जग्गा प्रकरणमा महासचिव बिष्णु पौडेलको कुनै संलग्नता छैन : प्रधानमन्त्री

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार जग्गा प्रकरणमा महासचिव बिष्णु पौडेलको कुनै संलग्नता नरहेको बताउनुभएको छ । पार्टी र सरकारलाई कमजोर बनाउन महासचिव विष्णु पौडेलमाथि आक्रमण भएको भन्दै प्रधनमन्त्री ओलीले बालुवाटार जग्गा प्रकरणमा महासचिवको कुनै संलग्नता नहेको बताउनुभयो ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले बालुवाटार प्रकरणका दोषी उम्कन नदिने प्रतिबद्धता ब्यक्त गर्दै बालुवाटार जग्गा प्रकरणमा भूमाफियाकै डिजाइनअनुसार महासचिव पौडेल माथि आक्रमण भइरहेको समेत बताउनुभयो । प्रधानमन्त्री ओलीले राजाको शासनका बेला किनिएको जमिन पदीय दुरुपयोग गरेर किनेको भन्नु गलत हुने बताउनुभयो । ‘बालुवाटार जग्गा प्रकरणमा महासचिवको कुनै संलग्नता छैन । पार्टी र सरकारलाई कमजोर बनाउन विष्णु पौडेललाई प्रहार गरिएको छ । यसबाट विचलित हुन जरुरी छैन । बालुवाटार प्रकरणका दोषी उम्कन दिन्न,’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार २०:१३