म्यानचेस्टर सिटीले जित्यो इन्ग्लिश एफए कप फुटबलको उपाधि

एजेन्सी : म्यानचेस्टर सिटीले इन्ग्लिश एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा वाट्फोर्डलाई ६-० गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

वेम्बली स्टेडियममा सिटीलाई उपाधि दिलाउन रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले समान दुइ तथा डेभिड सिल्भा र केभिन डी ब्रुएनले एक एक गोल गरे । पहिलो हाफमा २ गोल गरेको सिटीले दोस्रो हाफमा ४ गोल गर्दै फराकिलो जित निकालेको हो ।

खेलको २६ औं मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई अग्रता दिलाए । खेलको ३८ औं मिनेटमा जिससले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । खेलको ६१ औं मिनेटमा ब्रुएनले गोल गर्दा सिटीको अग्रता ३-० को बन्यो । ६८ औं मिनेटमा जिससले सिटीका लागि चौंथो गोल गरे ।

त्यसपछि ८१ र ८७ औं मिनेटमा गोल गर्दै स्ट्रर्लिङले सिटीलाइ फराकिलाे जित दिलाए । यस्तै सिटी फाइनलमा फराकिलो जित निकाल्ने क्लब समेत बनेको छ ।

योसंगै सिटीले एकै सिजन तीन घरेलु उपाधि जित्दै कीर्तिमान बनाएको छ । सिटी एकै सिजन इंग्ल्यान्डको ३ घरेलु उपाधि जित्ने पहिलो क्लब बनेको छ । यसअघि सिटीले प्रिमियर लिग र काराबाओ कपको उपाधि जितिसकेको छ ।


प्रकाशित | ५ जेष्ठ २०७६, आईतवार ०७:५९