उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस

काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिस गरेको छ । सिफारिसलाई सीसीएमसीमा पठाएर निर्णय गरिनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भुक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने तय भएको छ । उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।


प्रकाशित | २७ बैशाख २०७८, सोमबार १३:४७