नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध : खेल डाउनलोड तत्काल बन्द गराउन निर्देशन

काठमाडौं : नेपालमा पब्जी खेलमाथि प्रतिबन्ध लगाइएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले बिहीबारदेखि नै मोवाइल तथा कम्प्युटरमा पब्जी खेल डाउनलोड तत्काल बन्द गर्न र गराउन इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई निर्देशन समेत दिएको छ । यो निर्देशनसँगै अब पब्जी खेल पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।  जिल्ला अदालत काठमाडौंले प्रतिवन्ध लगाउन महानगरीय अपराध महाशाखालाई आदेश दिएपछि उसैको अनुरोधमा प्राधिकरणले पब्जी खेलमा प्रतिवन्ध लगाएको हो । पब्जी खेलले नेपालमा बालबालीकाको मनोबैज्ञानीक समस्या उत्पन्न गराएको भन्दै यो खेल बन्द गराइएको हो ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार १६:४३