जिपको ठक्करले बावुछोराको ज्यान गयो

सर्लाही : सर्लाहीमा जीपको ठक्करबाट बावुछोराको मृत्यु भएको छ । शनिबार नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा १९ त २५८८ नम्बरको जिपले सडक छेउमा भैंसी चराइरहेका स्थानीय ४० वर्षका जैयसी राय र उनका १० वर्षका छोरा लक्ष्मण रायलाई ठक्कर दिँदा ज्यान गएको हो ।

प्रहरीका अनुसार तीव्र गतिमा गुडिरहेको जिप अनियन्त्रित भएर सडक छेउमा पल्टिँदा छोरा लक्ष्मणको घटनास्थलमै र बाबू जयसीको उपचारको लागि लैजाँदै गर्दा ज्यान गएको हो । मृतक दुवैको शव परिक्षणका लागि मलंगवा अस्पताल पठाउने तयारी भैरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। मलंगवा नवलपुर सडक कालोपत्रे भएपछि पछिल्लो समय सवारी दुर्घटना निकै बढन थालेको छ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार २०:३०