कागेश्वरी मनोहरा नगरपालिका-५ ले बक्यौता करमा जरिवाना छुट दिने, असोज मसान्तसम्म दाखिला गरिसक्नुपर्ने

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका वडा नंं ५ ले भुक्तानी गर्न बाँकी बक्यौता करमा जरिवाना छुट दिने भएको छ । वडाध्यक्ष शंकर पाण्डेले एक सूचना जारी गर्नुहुँदै आगामी असोज मसान्तसम्म तिर्न बाँकि कर दाखिला गरेमा जरिबाना छुट दिने जानकारी गराउनु भएको हो ।

वडाध्यक्ष पाण्डेका अनुसार २०७९/०८० मा तिर्न बाँकि घर बहाल कर, ब्यवसाय कर र सम्पत्ति करको बक्यौता असोज मसान्तसम्म तिरे जरिबाना छुट हुने र सो सयमभित्र पनि नतिरेमा घर बहाल, सम्पत्ति करको बक्यौतामा ३५ प्रतिशत जरिबाना र ब्यवसाय करमा ५० प्रतिशत जरिबाना लाग्ने भएको छ ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८०/०८१ को घर बहाल, सम्पत्ति र ब्यवसाय कर असोज मसान्तसम्म तिरेमा जम्मा कायम रकममा १० प्रतिशत छुट दिने समेत वडाध्यक्ष पाण्डेले जारी गर्नु भएको सूचनामा उल्लेख छ ।


प्रकाशित | १३ भाद्र २०८०, बुधबार २१:१४