शिक्षा मन्त्री पोखरेल चीन भ्रमणमा

काठमाडौँ:  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल चीनको शिक्षा मन्त्रालयको आयोजनामा हुने ‘आर्टिफिसियल इन्टेलिजेन्स एण्ड एजुकेसन’ विषयक अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन चीन प्रस्थान गर्नुभएको छ । सम्मेलनमा ‘आर्टिफिसियल इन्टेलिजेन्स’का सीपबारे अनुभव आदानप्रदान हुनाका साथै यसलाई दिगो विकासको लक्ष्य अनुकूल समतामूलक, समावेशी, गुणस्तरीय शिक्षा र जीवनपर्यन्त सिकाइको उपयोगबारे छलफल हुने बताइएको छ । यही मे १६ देखि १८ तारिखसम्म हुने सम्मेलनमा युनेस्कोका १६० सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय सङ्गठन र ‘आर्टिफिसियल इन्टेलिजेन्स उद्योगका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १६:२७