पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा

काठमाडौ:  पद्मश्री साहित्य पुरस्कारका लागि उत्कृष्ट १५ सूची घोषणा गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरिएको प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिनु भयो ।

अध्यक्ष लामिछानेका अनुसार दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा गरिनेछ ।  प्रतिष्ठानले वि सं २०६३ देखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको सुझावअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ ।

वि सं २०७८ देखि पुस्तक चयन प्रकृयालाई पारदर्शी र अधिकतम सहभागितामूलक गराउने उद्देश्यले स्वतन्त्र निर्णायक समितिको सिफारिसमा चयन प्रक्रिया तीन चरणमा गर्दै आएको छ । त्यसका लागि प्रतिष्ठानले राम लोहनीको संयोजकत्वमा नयनराज पाण्डे र कुमारी लामा रहनु भएको तीन सदस्यीय निर्णायक समिति गठन गरेको थियो । 


प्रकाशित | १५ असार २०७९, बुधबार ०८:१५