राष्ट्रपतिद्धारा लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ: बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउँन निमन्त्रणा

कपिलवस्तु: राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनी भ्रमण वर्ष २०७६ शुभारम्भ गर्नुभएको छ । लुम्बिनीमा आयोजति बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस र लुम्बिनी भ्रमणवर्ष २०७६ शुभारम्भ गर्नुभएको हो ।  कार्यक्रममा बोल्दै राष्ट्रपति भण्डारीले संसारभरका बौद्धमार्गीलाई बुद्धको जन्मभूमि लुम्बिनी घुम्न आउन निमन्त्रणा समेत गर्नुभएको छ ।

लुम्बिनीलाई विश्वशान्तिको केन्द्र लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नु अहिलेको महत्वपूर्ण आवश्यकता रहेको औल्याउँदै लुम्बिनीको विकासले प्रदेश नं ५ लाई समृद्ध बनाउन सकारात्मक भूमकिा निर्वाह गने धारणा ब्यक्त गर्नुभयो । बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेल लगायत विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको छ ।


प्रकाशित | ४ जेष्ठ २०७६, शनिबार १६:१३