कपिलवस्तुमा थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

काठमाडौं‌ :  कपिलवस्तुमा थप १ जनामा कोरोना संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या २१९ पुगेको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको हो।

आजै दिउसो नेपालगञ्जका एक युवाको धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणका क्रममा कोरोना पोजेटिभ रिपोर्ट आएको थियो। उनीहरुको अवस्था सामान्य रहेको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार १६:२६