हावाहुरी प्रभावीतलाई राहत संकलमा जुटे सांसद

काठमाडौँ :हावाहुरी प्रभावीत क्षेत्रमा राहत संकलनको लागि राजनीतिक पार्टीका सांसदहरुले सहयोगको घोषणा गरेका छन् । नेकपाले सङ्घीय सांसदहरुले हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप एक दिन र प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सासदहरुल्े दुई दिन को पारिश्रमिक सहयोग गर्ने घोषणा गरेका छन् ।

आइतबार राति बारा, पर्सालगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहतस्वरुप उक्त सहयोग गर्ने निर्णय गरिएको काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले जानकारी दिनुभयो ।

नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ आज एक विज्ञप्ति जारी गर्दै एक दिनको पारिश्रमीक सहयोगको घोषणा गर्नुभएको हो । उहाँले प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकूल परिवारजनमा समवेदना समेत प्रकट गर्नुभएको छ । उहाँले घाइते भएका सर्वसाधारणप्रति सहानुभूति प्रकट गर्दै यथाशीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।


प्रकाशित | १८ चैत्र २०७५, सोमबार २०:५१