आज कोरियाली ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दै प्रधानमन्त्री ओली

काठमाडौं : गणतन्त्र दिवस कार्यक्रमको व्यवस्ताबीच बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण कोरियाली विश्वविद्यालयको ‘मानार्थ विद्यावारिधि’ उपाधि ग्रहण गर्दै छन् । नेपाली सेनाको सानो भर्याङस्थित स्वास्थ्य विज्ञान संस्थानमा आयोजना हुने कार्यक्रममा दक्षिण कोरियाको काङनाम युनिभर्सिटीले प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति ओलीलाई मानार्थ उपाधि प्रदान गर्ने भएको हो । कार्यक्रममा सहभागी हुन काङनाम युनिभर्सिटीका प्रेसिडेन्ट सिनिल युन र त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाँले संयुक्त रुपमा आमन्त्रण गरेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।


प्रकाशित | १५ जेष्ठ २०७६, बुधबार ०८:१९

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *