विमानलस्थलबाट अवैध मुद्रासहित २ जना पोल्याण्डेली नागरिक पक्राउ

काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना पोल्याण्डेली नागरिक अवैध मुद्रासहित पक्राउ परेका छन् । प्रहरीका अनुसार अवैध रुपमा लैजान लागिएको अमेरिकी डलर, युरो र नेपाली रुपैयाँसहित २ पोल्याण्डेली नागरिक पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट १९ हजार ७ सय अमेरिकी डलर, १० हजार २ सय युरो र ५८ हजार नेपाली रुपैयाँ बरामद गरेको हो । पक्राउ पर्नेमा माक्सिमिलियान वेंगलोक्सी र याकुव स्तेच्की छन् । कतार एयरको फ्लाइट नम्बर क्यूआर ६४५ मार्फत काठमाडौंबाट कतारको दोहा जान लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १७:१२