वैदेशिक रोजगार ऐनमा संशोधन गरेर व्यवसायीलाई तहस नहस गर्न खोजियो: रोहन गुरुङ

काठमाडौं : वैदेशिक रोजगार व्यवसायीले विभिन्न माग राख्दै आन्दोलन घोषणा गरेका छन् । वैदेशिक रोजगार व्यवसायीहरुले जेठ १७ गतेदेखि २४ गतेसम्म वैदेशिक रोजगारीमा जाने श्रमिकको श्रम स्वीकृति ठप्प पार्ने चेतावनी दिएका छन् । ब्यवसायीहरुले भिसा प्रमाणिकरण अनलाइनबाट गर्नुपर्ने, वैदेशिक रोजगार ऐनमा व्यवस्था गरिएको धरौटीको व्याज पाउनु पर्ने र पायक पर्ने बैंकमा रकम राख्न पाउनुपर्ने लगायतका माग राखेका छन् ।

यस्तै अहिले दूतावासहरुबाट भइरहेको मागपत्र प्रमाणीकरणलाई सहज बनाउन रोजगारदाता कम्पनीलाई यूजरनेम र व्यवसायीले कामदार पठाए बापत पाउनुपर्ने सेवा शुल्क दक्षिण एसियाली मुलुक अनुसार हुनुपर्ने माग पनि संघले गरेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङले  वैदेशिक रोजगार ऐनमा संशोधन गरेर व्यवसायीलाई तहस नहस गर्न खोजिएको भन्दै आक्रोश पोख्नुभयो । अध्यक्ष गुरुङले भन्नुभयो, ‘दश दिन भित्रमा हाम्रा मागहरु सुनवाइ नभए म्यानपावनरको लाइसेन्स र कामदारको पपासपापोर्ट श्रम मन्त्रालयमा बुझाउछौं ।’


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १७:५८