भक्तपुरलाई देशकै नमूना जिल्ला बनाउन लागिपरेका छौ : पूर्वमन्त्री बस्नेत

भक्तपुर : पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले भक्तपुरले विकास खोज्ने नभई विकासले भक्तपुर खोज्दै आउने दिनको शुरुवात भएको बताउनुभएको छ । भक्तपुरमा दुईवटा ट्रष्ट पुलको शिलान्यास गर्दै सांसद बस्नेतले भक्तपुरलाई देशकै नमुना जिल्लाको रुपमा विकसित गराउन राष्ट्रिय गौरवका आयोजनालाई विशेष ध्यानपूर्वक अघि बढ्नुपर्ने बताउनुभयो ।

सांसद बस्नेतले स्मार्ट सिटी, आधुनिक वीर अस्पताल, सभागृह, प्राणी उद्यान, रंगशाला लगायतका ठूला आयोजना सफलता पूर्वक सम्पन्न गराउनु नै भक्तपुरका जनताको भाग्य र भविष्य भएको बताउनुभयो । उहाँले राष्ट्रिय गौरवका आयोजनाहरु सफलतापूर्वक सम्पन्न गराउन सवै राजनीतिक दल तथा स्थानीयवासीको साथ र सहयोग अपरिहार्य रहेको बताउनुभयो ।

 


प्रकाशित | ३ जेष्ठ २०७६, शुक्रबार १७:३५