नेपालमा थप ५२९२ जनामा कोरोना संक्रमण पुष्टि, ८ जनाको मृत्यु

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ५२९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १६०८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो।

१० हजार ३६८ नमूनाको पीसीआर र ५ हजार ७२० नमूनाको एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ४७२ जना र एन्टिजेन परीक्षणबाट १८२० जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, गत २४ घण्टाको अवधिमा ८ हजार १९१ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। सोही अवधिमा ८ संक्रमितको मृत्यु भएको छ।  मन्त्रालयका अनुसार देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन्।


प्रकाशित | १७ माघ २०७८, सोमबार १८:०२